काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुका लागि ३ दिने ‘चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । अभिकर्तालाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढी अभिकर्ताहरुलाई चेयरपर्सन क्लबको सदस्यता वितरण, सम्मान एवं प्रशिक्षण प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई भारतका चर्चित मोटिभेटर सइद अफ्जल अहमदले जीवन बीमा बिक्रय कला सम्बन्धी प्रशिक्षण दिएका थिए ।
नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्बन्धमा कार्यक्रममा अभिकर्ताहरुलाई विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ ।
काठमाडौंस्थित होटल सोल्टीमा ५–७ पुससम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीकी चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहले उच्च नैतिक व्यावसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने भन्दै कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधै प्राथमिकतामा राख्ने प्रतिबद्धत्ता व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिवद्धत्ता व्यक्त गरे ।
कार्यक्रममा ७ वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग प्रथम, द्वितीय, तृत्तीय हुने लिडर अभिकर्ताहरु र देशभरबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।
देशभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृत्तीय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जनालाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगायत नगद पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4