+
+

कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १७:०५

८ पुस, सुर्खेत । कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो ।

दलको नेतामा दावी गर्दै आएका अर्का नेता राजिवविक्रम शाह दलको नेताबाट पछि हटेका छन् । शाहकै समर्थनमा जीवनबहादुर शाही दलको नेतामा सर्वसम्मत भएको कांग्रेस प्रदेश प्रवक्ता दमन शाहीले जानकारी दिए ।

‘राजिव दाइले दलको नेतामा उम्मेद्वारी नै दिनुभए न, उहाँकै समर्थनमा जीवन दाइ सर्वसम्मत दलको नेतामा चएन हुनुभएको छ,’ प्रवक्ता शाहीले अनलाइनखबरसँग कुरा गर्दै भने ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहका शाही पुनः मुख्यमन्त्रीमा दोहोरिन चाहेका छन् । कांग्रेस र माओवादीले प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति गरे पनि पहिला कस्ले नेतृत्व गर्ने भन्ने बारे अझै सहमति जुट्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?