+
+

आमनेसामने भएका विकास बोर्ड र चलचित्र संघलाई वार्तामा बस्न कलाकार संघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १७:५६
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का । फाइल तस्वीर

काठमाडौं । चलचित्र कलाकार संघले फिल्म प्रदर्शन र सेन्सरका विषयमा आमनेसामने भएका विकास बोर्ड र चलचित्र संघलाई वार्तामा बसेर समस्या समाधान गर्न आग्रह गरेको छ ।

अध्यक्ष रविन्द्र खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् । विरोध कार्यक्रम भन्दा पनि वार्तातर्फ अग्रसर हुन पनि कलाकार संघले प्रदर्शक संस्थालाई आग्रह गरेको छ ।

चलचित्र क्षेत्रका वर्गीय संस्थाले समस्या र मागहरु विकास बोर्डमार्फत नै समाधान गराउने परम्परा रहिआएको स्मरण समेत कलाकार संघले गरेको छ । आन्दोलनका कार्यक्रम घोषणा गर्ने चलचित्र संघको विज्ञप्तिप्रति कलाकार संघको ध्यानाकृष्ट भएको समेत उल्लेख छ ।

एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता खेल गतिविधि स्क्रिनिङ गर्ने नपाइने भन्ने बोर्डको नियमपछि चलचित्र संघ आक्रोशित छ ।

उसले विकास बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै अध्यक्ष भुवन केसीसँग कुनै हालतमा वार्ता नहुने अडान राखेको छ ।

चलचित्र कलाकार संघको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?