+
+

खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १९:५५

९ पुस, डोटी । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डोटीमा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

नेपाली सेनाको भैरवप्रसाद गण र जिल्लास्तरीय बालक्लब सञ्जाल डोटीले आयोजना गरेको प्रतियोगिताको शनिबार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले उद्घाटन गरे ।

प्रतियोगिता अन्तर्गत छात्र फुटबलतर्फ शनिबार भएको उद्घाटन खेलमा पद्म पब्लिक माध्यमिक विद्यालयले मर्निङ लाइट बोर्डिङ स्कुललाई ३—२ गोलले जित हासिल ग¥यो ।

त्यस्तै, शनिबार भएको पहिलो चरणको दोस्रो खेलमा भागरथी ऐकेडेमीलाई १–० ले पराजित गर्दै सुनाखरी बोर्डिङ स्कुल विजयी भएको छ । तेस्रो खेल सुजुङ बोर्डिङ स्कुलले तेडी माविलाई ९–० गोलले पराजित गर्‍यो । शनिबारै भएको चौथो खेलमा पवित्र बोर्डिङ स्कुलले देबी माविमाथि २–० गोलले विजयी प्राप्त गर्‍यो ।

आइतबार बिहान १० बजे फुटबल प्रतियोगिताको दोस्रो चरणको खेल हुनेछ । दोस्रो चरणको पहिलो खेल सुजुङ इंग्लिस बोर्डिङ स्कुल र पिस जोन एकेडेमीबीच हुने भएको छ । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको भैरवप्रसाद गणका खेल संयोजक सहसेनानी सौरभ चौधरीले जानकारी दिए ।

यस्तै, छात्रा कबड्डी प्रतियोगिता आइतबार बिहान ११.३० बजेबाट सुरु हुने छ । कबड्डी प्रतियोगिताको पहिलो खेल मगलेख मावि र पिस जोन एकेडेमीबीच हुनेछ । कबड्डी प्रतियोगितामा पनि १० टिमको सहभागिता रहेको चौधरीले बताए ।

कबड्डी र फुटबल प्रतियोगितामा पहिलोे हुने टिमलाई १५ हजार र दोस्रो हुने टिमलाई १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै प्रतियोगिता अन्तर्गत चित्रकला प्रतियोगिता पनि हुने भएको छ । उक्त प्रतियोगितामा १० जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् । चित्रकला प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई ३ हजार र द्वितीय हुनेलाई २ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सहसेनानी चौधरीले जानकारी दिए ।

बालबालिकाहरुमा मित्रवत प्रतिस्पर्धा गराई उनीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रेरित गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका, वडा नंं. ६ का वडाध्यक्ष नरेशबहादुर मलासीले जानकारी दिए । उनले भने ‘यसले बालबालिकालाई खेलप्रति नियमित रुची पनि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?