+
+

मधेश प्रदेशमा २ दिनमा गोली हानेर २ जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते ७:४०

१० पुस, जनकपुरधाम । मधेश प्रदेशमा अपराध बढ्दै गएको छ । दुईदिनमा अज्ञात व्यक्तिले गोली प्रहार गरी धनुषा र बारामा दुईजनाको हत्या गरेका छन् ।

शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् । बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए । काम सकेर घरमा आएर परिवारसंग बसेर कुरा गर्दै गर्दा अज्ञात व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्धृत गर्दै डिएसपी क्षेत्रीले बताए ।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।

यसअघि शुक्रबार साँझ साढे ५ बजे बाराको गाढीमाई नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको थियो ।

गोली प्रहारबाट भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको थियो ।

कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका-२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका व्यवसायी यादवको उपचारको क्रममा स्थानीय एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?