+
+

नेकपा एमाले प्रदेश-१ संसदीय दलको नेतामा कार्की निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १४:४६

१० पुस, विराटनगर। नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।

आाइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो ।

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन् ।

यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए । उनकै समर्थन झापा ५(१) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?