+
+

भारतीय नागरिक शिवपूजनको हत्या आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १५:३०

१० पुस, वीरगञ्ज । भारतीय नागरिक शिवपुजन प्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रमोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मुख्य अभियुक्तलाई पक्राउ परिसकेको स्वीकार गरे । उनले आइतबार क्रिसमसको विदा परेकोले सोमबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने बताएका छन् ।

‘सुरुमा दुई जना आफन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका थियौं । उनीहरुको संलग्नता नदेखिएपछि छोड्यौंं’, उनले भने ‘यसपटक मुख्य अभियुक्त नै पक्राउ परेका छन् । उनलाई भोलि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्छौ ।’

७ पुस साँझ कलैया बारियारपुर सडकखण्ड अन्र्तगत बाराको महागढीमाई नगरपालिका– २ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलबाट निस्कदै गरेका शिवपुजनको गोली हानी हत्या भएको थियो । उनी भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेको व्यक्ति भएको बारा प्रहरीले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?