+
+

राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुखमा आलोपालो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते २०:४९

१० पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्तामा प्रमुख दल बाँडफाँटबारे समेत सैद्धान्तिक सहमति जुटेको छ ।

स्रोतका अनुसार राष्ट्रपति एमालेले लिनेछ । प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ । यो सहमतिअनुसार सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने भएकाले एमालेले सभामुख पनि लिनेछ । जब एमालेले प्रधानमन्त्री लिनेछ, सभामुख पनि फेरिनेछ । माओवादीले सभामुख पाउने छ ।

एमाले, माओवादी मिलेसँगै ५ प्रदेशमा पनि उनीहरुको सरकार बन्नेछ । जनमत पार्टी र नागरिक उन्मुक्ति पनि थपिँदा सातै प्रदेशसमा यो गठबन्धनको सरकार बन्नेछ । केन्द्र र प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्री लगायतका पद बाँडफाँटमा भोलि सम्वाद हुने एक नेता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?