+
+

दौरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने प्रचण्डको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १०:१९

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

त्यसको तयारीका लागि आइतबारै नापो लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बतायो ।

स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ ।

प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको छैन । उनले प्रायः सुट लगाउने गरेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले दौरा सुरुवाल अहिलेसम्म नलगाएको बताए । मल्लले भने, ‘दौरा सुरुवाल फिट हुन्छ कि हुँदैन भनेर हेर्न बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?