+
+

१८३ दिन पर्यटन मन्त्रालय सम्हालेका जीवनरामले सार्वजनिक गरे कामको विवरण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १२:५५
फाइल तस्वीर

११ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १८३ दिन सम्हालेका जीवनराम श्रेष्ठले आफ्नो कामको विवरण सार्वजनिक गरेका छन् ।

नीतिगत, कानुनी, संरचनागत सुधार मार्फत पर्यटन क्षेत्रलमाई व्यवस्थित गर्ने आधार तयार पारेको उनले दावी गरेका छन् ।

पर्यटन क्षेत्रको पुनरुत्थानमा कार्ययोजना ल्याएर कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रबर्द्धन, नेपाल पर्यटन दशक घोषणालाई उनले महत्वपूर्ण काम भनेका छन् ।

होप अन होप अफ बस सञ्चालनको अवधारणा अगाडि बढाउने, रात्रिकालीन सम्पदा यात्राका लागि आवश्यक पूर्वाधार तयार पार्ने काम समेत आफ्नो कार्यकालमा भएको उनको भनाइ छ । यसबीचमा पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न सफल भएको उनको बताए ।

रुकुमको चौरजहारी विमानस्थल, सिमीकोट विमानस्थल र रारा विमानस्थल विस्तारको थप जग्गा अधिग्रहणको काम अगाडि बढेको उनले जानकारी दिए । दाङ र चितवनको भरतपुर विमानस्थलको धावनमार्ग विस्तारको प्रक्रिया समेत यसबीचमा अगाडि बढेको उनले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको मिति तय हुनु समेत उनले उपलब्धि मानेका छन् । उनले निजगढ विमानस्थल निर्माणसम्बन्धी अन्योलको समेत अन्त्य भएको उनले बताएका छन् । अमेरिका, स्वीट्जल्याण्ड, रुवाण्डासहितका मुलुकसँग हवाई सम्झौताको काम अन्तिम चरणमा पुगेको समेत मन्त्री श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?