+
+

नर्भिक अस्पतालको साधारणसभा २९ पुसमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १४:२४

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको वार्षिक साधारणसभा २९ पुसमा हुने भएको छ ।हस्पिटल सञ्चालक समितिको बैठकले २९ पुसका लागि वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

साधारणसभा थापाथलीस्थित बीएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन् ।

साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावबमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयर धनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्ने अस्पतालले जनाएको छ । घोषित कुल लाभांश मध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ । यी दुवै प्रस्तावलाई साधारणसभाले अनुमोदन गर्नेछ ।

हाल नर्भिक अस्पतालको चुक्ता पूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्ता पूँजी बढेर २७ करोड रुपैयाँ पुग्ने अस्पतालले जनाएको छ ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने एवं निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेन्डामाथि साधारणसभामा छलफल हुने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?