+
+

नेपाल टी-२० लिगमा ललित राजवंशीले लिए ५ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १५:०७

११ पुस, काठमाडौं । जनकपुर रोयल्सका स्पिनर ललित राजवंशी नेपाल टी-२० लिगकाे एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।

सोमबार विराटनगर सुपर किंग्सविरुद्ध २३ वर्षीय बायाँहाते स्पीनर राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै जम्मा ८ रन मात्र खर्चिए ।

ललित राजवंशीले विराटनगरका कप्तान ट्रेभोन ग्रिफिथसहित तीन विदेशी र दुई नेपाली खेलाडीको विकेट लिए ।

सातौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्दा राजवंशीले जम्मा ४ रन खर्चिएका थिए । तर विकेट लिएका थिएनन् ।

नवौं ओभरमा उनले विराटनगरका लागि राम्रो ब्याटिङ गरिरहेका सिकन्दर राजालाई पहिलो बलमै आउट गरे । त्यस ओभरमा उनले जम्मा २ रन खर्चिए ।

१५औं ओभरमा बलिङ गरेका उनले पृथु बास्कोटा र कप्तान ट्रेभोनको विकेट लिँदा कुनै रन खर्चेनन् ।

१७औं ओभरमा पनि उनले थप दुई विकेट लिए । यसपल्ट क्रिजमा जमेका हुसेन तलत र नन्दन यादवलाई आउट गरेका हुन् ।

विराटनगरले राम्रो सुरुवात गरे पनि ललित राजवंशीको घातक बलिङपछि एक बल अगावै सबै विकेट गुमाएर १४० रनमा समेटिएको छ । जनकपुरका केस्रिक विलियम्स र आदिल आलमले पनि २-२ विकेट लिए ।

विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८, रोहित पौडेलले ३२ र हुसेन तलते २८ रन बनाए । अर्जुन साउदले १८ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?