+
+

बोल्ड एण्ड स्टाइलिस साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १७:२४

काठमाडौं । ‘ड्रिम्स’ डेब्यु अभिनेत्री साम्राज्ञी शाहलाई त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । एकाधबाहेक उनका सबैजसो फिल्म बक्स अफिसमा हिट छन् ।

सन् २०२३ मा उनका तीन फिल्म प्रदर्शन हुँदैछन्, ‘तिम्रो मेरो साथ’, ‘ह्यारीकी प्यारी’ र ‘लण्डन टु पेरिस’ । फिल्मसँगै व्यक्तिगत कारणले चर्चामा आइरहने साम्राज्ञी ‘रिबेलियस’ पनि लाग्छिन् किनभने उनका चरित्र बोल्ड र स्टाइलिस देखिन्छन् ।

सन् २०१४ मा आयोजना भएको फेसन शो फेस अफ क्लासिक डायमण्ड ज्वेलरीबाट चर्चामा आएकी साम्राज्ञीले पहिलो फिल्मबाटै एक्सपोज प्राप्त गरिन् । अनमोल केसीसँग उनको अनस्क्रिन रोमान्सले चर्चा पायो ।

प्रायः ‘गर्ल नेक्स्ट डोर’ चरित्रमा देखिने साम्राज्ञी आफ्नो रुचि चाहिं थ्रिलर, हरर, कमेडी र मिथोलोजिकल रहेको बताउँछिन् । यसैसाता अनलाइनखबरसँग कुरा गर्दै उनले ‘रिबेलियस’ पात्रहरु आफ्ना लागि स्टेरियोटाइप बनिसकेको भन्दै अब आफू एक्टरको रुपमा ‘ग्रो’ हुन चाहेको बताएकी छन् ।

फेसन कन्सस मानिने साम्राज्ञी समय र मौसमअनुसारका कम्फर्टेबल लगाउँछिन् । उनलाई फेसनवृत्तमा पछ्याउने पनि धेरै छन् । उनले सन् २०२३ मा आफू मानसिक र आध्यात्मिक रुपमा बलियो बन्नेदेखि व्यक्तित्व विकासमा लागिपर्ने संकल्प लिएकी छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?