+
+

पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने-अब भ्रष्टाचार गर्ने दिन गए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १८:३२

११ पुस, काठमाडौं । उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

साेमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गाेपनियताकाे सपथ लिएका थिए ।

शपथ ग्रहण पछि आयाेजित पहिलो मन्त्रिपरिषद् बैठक सकिए लगत्तै उपप्रधानमन्त्री श्रेष्ठ पदभारका लागि मन्त्रालयमा आइपुगेका थिए ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए ।

‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए/सकिए भनेर बुझ्दा हुन्छ’ मन्त्री श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?