+
+

जब उपप्रधानमन्त्री श्रेष्ठले पहिलो निर्णयमा आनाकानी गरे …

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ पुष ११ गते १९:५४

११ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रालयमा पदभारका लागि मन्त्री आउने भएपछि बेलुकी ५ बजदेखि नै कर्मचारी मन्त्रालय परिसरमा फूल र बुकी लिएर लाइन बसेका थिए ।

राष्ट्रपति कार्यालयमा शपथ समारोह सकिएपछि साँझ ६ बजे पदभार ग्रहण गर्न उपप्रधानमन्त्री श्रेष्ठ सिंहदरबारस्थित मन्त्रालय आइपुगे । लामबद्ध कर्मचारीमध्येबाट उनले सचिवको एउटा मात्रै माला लगाए, अन्य कसैको फूल र गुच्छा समेत लिएनन् ।

‘साथीहरु मैले एउटा माला लगाए अरु पर्दैन है !’ यसो भन्दै मन्त्री श्रेष्ठ अघि बढे । मन्त्रीलाई माला लगाउने कर्मचारीहरुको इच्छा पूरा हुन पाएन ।

सञ्चारकर्मी र कर्मचारीहरुबाट घेरिंदै श्रेष्ठ मन्त्रालयको दोस्रो तलामा रहेको कार्यकक्षमा पुगे । जब मन्त्री कुर्सीमा बसे, मन्त्रालय सचिव गोपाल सिग्देलले एउटा फाइल मन्त्रीको पहिलो निर्णयका लागि भन्दै पेश गरे ।

फाइल टेबलमा राख्ने बित्तिक्कै मन्त्री श्रेष्ठ तर्किंदै प्रश्न गरे ‘यो के हो ? ‘

सचिव सिग्देल हच्किंदै सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम रुप दिन मन्त्रालयले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन संसद पठाउन सदर गर्ने फाइल भएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठ जवाफ ‘यो त हुन्न’ भन्दै मन्त्री श्रेष्ठले फाइल फ्यात्त टेबलमा फालिदिए । र, ‘अर्को फाइल के हो हेरौं’ भने ।

अर्को फाइलबारे ब्रिफिङ गर्दै सचिव सिग्देलले भने ‘यो चाहिँ, विद्युतीय सवारी साधनको दर्ताको प्रावधान रहेनछ । त्यसको कार्यविधि रहेनछ । मन्त्रालयबाटै स्वीकृत गर्ने गरी तीन जनाको कमिटीले यो बनाएको छ हजुर ।’ मन्त्री श्रेष्ठले फेरि मुख बिगारे ।

त्यसपछि मन्त्रालयकै सहसचिव टोकराज पाण्डेले नेपालमा उत्पादन भएको विद्युतीय सवारी साधन दर्ता गर्न नपाइने हालको व्यवस्था अन्त्य गर्न कार्यविधि बनाइएको बताए । त्यसपछि केही सकारात्मक देखिएका श्रेष्ठले ‘त्यो भन्दा यही ठीक छ’ भन्दै सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई नै सदर गरे ।

मन्त्री श्रेष्ठले पहिलो निर्णयका लागि प्रस्तावित फाइलहरु नै अस्वीकार गरेपछि मन्त्रालयका अधिकारीहरु अलमलमा परेका थिए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?