+
+

बारामा १७ कठ्ठामा लगाइएको गाँजा नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते २०:२४

११ पुस, वीरगञ्ज । बारामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागु औषध गाँजा फडानी गरेको छ ।

निजगढ नगरपालिका वडा नं १२ र १३ कुलियामा अन्दाजी १७ कठ्ठा जग्गामा लगाइएको गाजा फडानी गरेको हो ।

लुकीछिपी लागु औषध गाँजा लगाईएको छ भन्ने सूचनाको आधारमा खटिएको सुरक्षाकर्मीको टोलीले गाजाको बोट फडानी गरेको थियो ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प, रनतपुरी तथा ईलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको टोली गाजा फडानीका लागि खटिएका थिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक जगनाथ खड्का र प्रहरी निरीक्षक सञ्जिव ओलीको नेतृत्वमा खटिएको १९ जनाको टोलीले गाजा फडानी गरेका थिए ।

फडानी गरिएको गाजाको बोट एक ठाउँमा जम्मा गरेर जलाएर नष्ट गरिएको सशस्त्र प्रहरी बल १२ नं हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?