+
+

भुवन केसीले सल्लाहकार समिति बढाएर ९ सदस्यीय पुर्‍याए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते ११:३०

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समिति सदस्य संख्या ९ पुगेको छ । अध्यक्ष भुवन केसीले मंगलबार चलचित्र संघबाट थप दुई जना सल्लाहकार नियुक्त गरेका छन् ।

प्रदर्शक संस्थाको तर्फबाट गोपाल कायस्थ र गोविन्द शाही नियुक्त भएसँगै सल्लाहकार समितिको आकार बढेको हो । अध्यक्षमा नियुक्त भएसँगै केसीले नीर शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।

समितिमा दीपाश्री निरौला, आकाश अधिकारी, रविन्द्र खड्का, शोभित बस्नेत, सुशान्तकुमार श्रेष्ठ र विधान कार्की पनि सदस्य छन् ।

पूर्वअध्यक्ष दयाराम दाहालले आवश्यकताअनुसार अध्यक्षले सल्लाहकार नियुक्त गर्न पाउने बताए । ‘सल्लाहकार भनेको कार्यकारी पद होइन, अध्यक्षलाई सुझाव दिने मात्र हो,’ उनले भने, ‘यति नै हुनुपर्छ भन्ने सीमा छैन । जरुरी भए राख्न सकिन्छ भन्ने हो ।’

तर हालैका महिनामा एकपछि अर्को गरी बोर्ड विवादमा तानिएपछि फिल्मवृत्तबाट सल्लाहकारको भूमिकाप्रति प्रश्न उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?