+
+

सूर्या र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भएर बन्यो सूर्यज्योति

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते ११:३०

१३ पुस, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इनस्योरेन मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच जिवन बीमा कम्पनीहरुबीचको पहिलो सफल मर्जरको उद्घाटन बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भई बनेको सूर्यज्योतिले ७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको थियो । १२ असार २०७९ मा प्रारम्भिक सम्झौता गरेका कम्पनीले करिब ६ महिनामा मर्जर सम्पन्न गरी एकिकृत कारोबार सुरु गरेका हुन् ।

मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड पुगेको छ । एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवन बीमाकोष २२ अर्ब, लगानी २८ अर्ब र कुल शाखा संख्या १८१ पुगेको छ । यस्तै कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले कम्पनीको यस उपलब्धिलाई स्वर्ण अक्षरमा लेखिने प्रतिक्रिय दिएका थिए । जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ‘ट्रेण्ड सेट’ गरेको भन्दै उनले यस उपलब्धिले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए । जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको उनको भनाइ थियो ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले मर्जरकका क्रममा दुवै पक्षले निष्पक्ष रुपमा काम गरेको हुँदा समस्या नपरेको बताए ।

मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउँदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए । दुवै कम्पनीको एक्चुरियल मूल्यांकन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यू गरेर काम गरिएको उनले प्रष्ट पारे । सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ वर्षको छोटो समयमै आफूलाई अब्बल सावित गरेको ज्योतिलाइफ बीच भएको संयोजनले राम्रो प्रतिफल दिने विश्वास लिएको खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?