१२ वैशाख, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९ करोड ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्म यस्तो नाफा २२ करोड ४२ लाख रुपैयाँ थियो ।
खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी बढेपछि नाफामा टेवा पुगेको हो । खुद प्रिमियम आम्दानी पहिले ६ अर्ब ३७ करोड रहेकोमा अहिले ७ अर्ब ५१ करोड पुगेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ६ रुपैयाँ ५८ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ८७ पैसा छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४३९ रुपैयाँ ३० पैसा छ । कम्पनीले तोकिएको ५ अर्ब चुक्ता पूँजी पुर्याइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4