+
+

दिनभरको उतारचढावपछि सेयर बजारमा करेक्सन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १५:२१

१३ पुस, काठमाडौं । नयाँ सरकार गठनपछि लगातार दुई दिन बढेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । यद्दपी यस दिन दिनभर नै बजारमा उतारचढाव देखियो । अन्त्यमा बजार ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा आएर रोकियो । बुधबार कारोबार रकम समेत खुम्चिएर ०.६० प्रतिशतको करेक्सन आएको हो । कुल २५७ वटा धितोपत्रको ३९ हजार ६६० कारोबारबाट ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच भएको छ । जसको कारोबार मूल्य २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ रहेको छ ।

बुधबार अधिकांश उपसूचकहरु राताम्य रहे । वित्त, जलविद्युत, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्स उपसूचक भने हरियो देखिए । बुधबार सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र द्यौलागिरि लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त, सृजनशील लघुवित्तको समेत सर्किट लेबलमा कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै माहुली लघुवित्तका लगानीकर्ताले गुमाए । यसको मूल्य ५.२० प्रतिशतले घट्यो । अजोड इन्स्योरेन्स, सामुदायिक लघुवित्त, नाडेप लघुवित्तको समेत मूल्य धेरैले घटेको छ । नविल बैंक, रिडी हाइड्रो, अपर तामाकोसीसहितका कम्पनी धेरै कारोबार हुनेमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?