
१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल सफल बनाउनका लागि पार्टीका उपमहासचिव हरिबोल गजुरेलसँग सहयोग मागेका छन् ।
गजुरेललाई बोलाएर प्रचण्डले प्रधानमन्त्रीलाई सहयोग पुग्नेगरि केही नियुक्ति दिने प्रस्ताव गरेका थिए । तर, गजुरेलले आफूलाई पार्टीमै भूमिका दिन आग्रह गरेका थिए ।
‘अध्यक्षले मलाई सहयोग गर्नुपर्यो, मलाई सहयोग गर्ने गरि तपाईंलाई नियुक्ति दिन्छु भन्ने प्रस्ताव गर्नुभयो,’ गजुरेलले अनलाइनखबरसित भने, ‘तर, मैले अहिले पार्टी कमजोर छ । मलाई पार्टी भूमिकामा केन्द्रित हुनेगरि जिम्मेवारी दिनुहोस् भनेँ ।’
गजुरेलले अहिले पार्टी कमजोर भएको भन्दै आफूले पार्टी निर्माणमै केन्द्रित हुन चाहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4