+
+

बुधबार सिमरामा निर्धारित सबै उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १८:१२
फाइल तस्वीर

१३ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण यो विमानस्थलमा बुधबार कुनै पनि उडानहरु हुन सकेनन् । बाक्लो हुस्सुका कारण तराईका विमानस्थलमा हरेक दिनजसो उडान प्रभावित भएको छ । जसले हजारौं यात्रुले समस्या भोग्नु परेको छ ।

मंगलबार भैरहवा, नेपालगञ्ज र धनगढीका उडान प्रभावित भएका थिए । घट्दो तापक्रमका कारण देशभर चिसो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?