+
+

मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता चुन्न आज चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १०:३३

१४ पुस, काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ ।

संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् ।

दुवैले उम्मेदवारी दर्ता गराइसकेको र मतदान दिउँसो ३ बजेपछि हुने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।

कृष्ण पार्टी सभापति देउवा पक्षधर हुन् रामसरोज विमलेन्द्र निधि निकट हुन् । अघिल्लो प्रदेश सभामा रामसरोज दलको नेता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?