+
+

कर्णाली प्रदेश सभाकाे अधिवेशन १८ पुसमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १२:३५

प्१४ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गते सुरु हुने भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते साेमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

बैठककाे पहिलाे दिन १८ गते प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद अधिवेशन आह्वान पत्र पढेर सुनाउने र दलीय धारणा राख्ने कार्यतालिका रहेकाे सचिवालयले जनाएको छ । सचिव बुढाथोकीका अनुसार अर्काे बैठककबाट सभामुख र उपसभामुख चुनिने छन् ।

प्रदेश सभा सदस्यहरुले पुस ११ गते पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरिसकेका छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?