
पुस, काठमाडौं। कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो ।
यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् ।
यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जना कोरोनाका संक्रिय संक्रमित थिए । यस्तै सोमबार १ जनामा कोरोना संक्रमित थिए भने १० जना कोरोनाका सक्रिय संक्रमित थिए ।
बिहीबार १३ हजार ३३८ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4