+
+

बुद्धिचाल संघ विघटन, तदर्थ समितिलाई ३ महिनाभित्र निर्वाचन गर्ने जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १८:११

१४ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृतिबिना निर्वाचन गरेको बुद्धिचाल संघको केन्द्रीय कार्यसमिति ६ महिना नवित्दै विघटन गरिएको छ ।

राखेपले निर्वाचित अध्यक्ष विदुर गौतमकै नेतृत्वमा तदर्थ समिति गठन गरी ३ महिनाभित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।

सदस्य सचिवस्तरीय निर्णयलाई राखेपको संघसंस्था समन्वय शाखाले पुस १२ गते कार्यान्वयन गरेको हो । गौतमको नेतृत्वमा असन्तुष्ट पूर्व महासचिव हेराकाजी महर्जनसमेतलाई समेटर २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

लामो समयदेखि संघले खेलको कार्यक्रम र विकासका गतिविधिहरु नियमितरुपमा नगरेका कारण सरोकारवाला सबैसँगको छलफल र सहमतिमा पुरानो कार्यसमिति विघटन गरी चुनावी म्यान्डेटसहितको तदर्थ समिति गठन गरेको राखेपको पत्रमा उल्लेख छ ।

तदर्थ समितिमा पनि अध्यक्षको जिम्मेवारी पाएका गौतमले सबैको अपेक्षा र संघको हितका लागि एक कदम पछि हटेर राखेपको प्रस्तावमा सहमति जनाएको बताए । तदर्थ समितिको बैठक शनिबार बस्दैछ । सो बैठकले आगामी गतिविधिबारे निर्णय गर्ने अध्यक्ष गौतमले जानकारी दिए ।

संघले गत असार २४ र २५ गते साधारणसभा तथा निर्वाचन गरेको थियो । उपाध्यक्ष र खुला सदस्यका लागि निर्वाचन भए पनि अध्यक्ष, महासचिवलगायतका पदमा भने सर्वसम्मत भएको थियो । बुद्धिचाल संघले २०७६ सालमै निर्धारण गरिएको निर्वाचन कोरोना महामारीका कारण कार्यान्वयनमा ढिला भएको बताएको थियो ।

खेलकुद ऐन जारी हुनुअघि नै संघीयता अनुकुल हुने गरी विधान संशोधन गरेको बुद्धिचाल संघले असारकै अधिवेशनमा त्यसलाई पारित गराएको थियो ।

विधान संशोधन र निर्वाचन एकै मितिमा भएको र राखेपबाट विधान स्वीकृत नगराएका कारण यो निर्वाचनलाई राखेपले मान्यता दिएको थिएन । संघभित्र पदको भागबण्डामा आफू बाहिरिएपछि तत्कालीन महासचिव हेराकाजी महर्जनले निर्वाचन खारेजीका लागि राखेपमा छुट्टै निवेदनसमेत दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?