+
+

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १२:२७

१५ पुस, हेटौंडा। मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकललाई धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया–५ तीनतलेमा ठक्कर दिंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक हेटौंडा-१८ फुर्केचौरका ३० वर्षीय विक्रम भम्जनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सबार ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०-२५ वर्षका नाम नखुलेका पुरुष गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ट्रक चालक निजगढ–९ का सुर्य बहादुर घिमिरे पनि घाइते रहेको र सबै घाईतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?