+
+

फिल्म छायांकन स्टुडियोबारे अध्ययन गर्न दोलखाको लाकुरीडाँडा पुगे भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १४:११
दोलखामा फिल्म स्टुडियो स्थलको अवलोकन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र सदस्य राज कटुवाल

काठमाडौं । सरकारले दोलखाको भीमेश्वर नगरपालिका-८ स्थित लाकुरीडाँडामा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय चलचित्र नगरीको निर्माण चाँडै सुरु गरिने भएको छ ।

उक्त ठाउँको अध्ययन अवलोकनका लागि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सदस्य राज कटुवालसहितको टोली त्यहाँ पुगेको थियो ।

टोलीले निर्माण स्थलको अवलोकन र लागतबारे अध्ययन गरेको थियो । सरकारले बजेटमार्फत त्यहाँ अन्तर्राष्ट्रियस्तरको फिल्म स्टुडियो निर्माण गर्ने योजना बनाएको थियो । जसअनुसार बजेट पनि विनियोजन भइसकेको छ ।

पटक-पटक सरकार फेरिंदा फिल्म स्टुडियोको निर्माण कार्य र योजना अलपत्र पर्ने गरेको थियो । तर आफ्नो कार्यकालमा जसरी पनि स्टुडियो निर्माणको कार्यलाई अघि बढाउने योजनामा केसी छन् ।

अध्यक्ष हुने बित्तिकै भुवन गत साउन २१ गते पोखराको ऐतिहासिक कास्कीकोट पुगेका थिए । त्यहाँ स्टुडियो बनाउन बोर्डले अध्ययन थालेको समेत उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?