+
+
Shares

प्रचण्डलाई नागरिक उन्मुक्तिको स्मरण पत्र : थारुले चलाएको आन्दोलन किन राजनीतिक बनेन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १५:४६

१५ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँचबुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो ।

संघीय सरकार गठनमा पार्टीको समर्थन रहे पनि सुदूरपश्चिमको प्रदेश सरकार गठनका लागि आफ्ना माग पूरा नभएसम्म सहभागी नहुने र समर्थन पनि नगर्ने पार्टीका केन्द्रिय प्रवक्ता दामोदर पण्डितले हस्ताक्षर गरेको स्मरण पत्रमा उल्लेख छ ।

स्मरण पत्रमा उल्लेख छ, ‘विगतमा तपाईं दोस्रोपटक प्रधानमन्त्री हुँदा मित्र राष्ट्र भारतको भ्रमणमा रहँदा दिल्लीमा कथित मुख्य आरोपी भनिएका रेशमलाल चौधरीलाई भेटेको कुरा, २०७९ को स्थानीय तह निर्वाचनअघि कैलालीको मुसरियामा तपाईंले दिएको अभिव्यक्ति पनि स्मरण गराउन चाहन्छौं ।’

नगरिक उन्मुक्ति पार्टीले २०७२ सालमा थारुले चलाएको आन्दोलन विशुद्ध राजनीतिक पहिचानको भएको भन्दै यो एजेण्डा नै प्रचण्ड नेतृत्वको पार्टीले उठाएको भनेर स्मरण गराएको छ ।

‘यो देशमा देखापरेका सबै दलले राजनीतिक माग राखेर चलाएको आन्दोलन राजनीतिक भए, गर्व गर्न लायक बने । तर २०७२ सालमा मेचीदेखि महाकालीसम्म तराइमा बसोबास गर्ने भूमिपुत्र पहिचानवादी थारु जातिले चलाएको आन्दोलन किन राजनीतिक बनेन, बन्दैन र विभेद छ ?’ स्मरण पत्रमा अगाडि उल्लेख छ, ‘तपाईंको नेतृत्वमा १० वर्षे जनयुद्धमा हजारौँ थारुको वलिदानी छ । यी सबै कुरालाई स्मरण गर्दै टीकापुरमा घटेको घटनाको कथित आरोपीलाई राजनीतिक मुद्दा मानेर निसर्त निर्दोष करार गरेर सम्पूर्ण मुद्दा खारेजी गरि राजबन्दी रिहा गरिदिन तपाईंको नेतृत्वमा रहेको सरकारसँग यो स्मरण पत्र पेश गरेका छौँ ।’

स्मरण पत्रमा पाँचवटा माग बुँदागत रूपमा राखिएका छन् ।

हेर्नुहोस् पत्र :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?