+
+

रेडकार्पेटका १० तस्वीर, जसले परम्परागत फेसनको मान्यता भत्काए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १६:३४

काठमाडौं । सन् २०२२ मा विश्वमा अनगिन्ती रेडकार्पेटका घटना भए । सेलिब्रिटीले टक्सिडो र गाउनजस्ता पहिरन लगाएर आफूलाई प्रस्तुत गरे ।

तर साहसिक रेडकार्पेट लुक्स कुन थियो जसले विश्वलाई प्रभावित तुल्यायो ? उनीहरु यो कुरालाई लिएर हर्षित छन् जसले रेडकार्पेटका परम्परागत मान्यता यस्तो हुनुपर्छ भन्ने सीमालाई भत्काउने प्रयास गरे ।

वर्षको सुरुवात रिहानाको प्रेगनेन्सी लुक्सबाट भयो । प्रेमी असाप रकीको बच्चाको आमाबाट बन्ने खबर बाहिरिएपछि रिहानाले भिन्टेज च्यानल कोटसहित आफूलाई पापाराजीअघि देखाएकी थिइन् ।

पेरिसमा डिओर ब्राण्डले गरेको फेसन शोमा रिहानाले बेबीडल पहिरन, पीभीसी कोट र छालाको बुट लगाएर देखिएकी थिइन् । रिहानाजस्तो सुपरस्टारको यो मातृत्व लुक्स साँच्चै परिवर्तनकारी थियो ।

किम कार्दशियन वर्षको सबैभन्दा विवादास्पद पोशाक प्रकरणमा देखिइन् । पूर्वराष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा हलिउड अभिनेत्री मार्लिन मुनरोले लगाएको ह्याप्पी बर्थडे पोशाक लगाएर कार्दशियन त्यहाँ पुगेकी थिइन् । उनले यसलाई मेट स्टेप्समा हिंड्नका लागि मात्र लगाएकी थिइन्, तर फेसन इतिहासको पहिरन लगाउने उनको यो निर्णयबारे लामो समय चर्चा चल्यो ।

अभिनेता तिमोथीलाई सधैं रेडकार्पेटमा सरप्राइज दिने सेलिब्रिटीको रुपमा लिइन्छ । भेनिस फिल्म फेस्टिभलमा ‘बोन्स एण्ड अल’ प्रिमियरमा उनले रातो हल्टर र हैदर एकरम्यानको मिल्दो पातलो प्यान्ट लगाएका थिए । लगत्तै इन्टरनेटमा आगो लाग्यो ।

फेसनको बाइबल समेत भनिने प्रतिष्ठित भग म्यागजिनले वर्ष २०२२ का सर्वोत्कृष्ट १० रेडकार्पेटका तस्वीर सार्वजनिक गरेको छ, जसले परम्परागत रेडकार्पेटको मान्यतालाई जवाफ दिन्छन् ।

तस्वीर : भग म्यागजिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?