+
+

कर्णालीका नेताहरुसँग प्रचण्डले भने : जे जे गरेर हुन्छ, राम्रो गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १३:१३

१७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका छन् ।

‘दुःख, मेहनत, त्याग र तपस्या जे जे गरेर हुन्छ राम्रो गर्नुपर्छ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो ।

मध्यपहाडी लोकमार्गदेखि उत्तर-दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ’ उनले भने ।

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरुसँग आइतबार सरकारी निवास बालुवाटारमा भएको भेटमा उनले उज्यालो नेपालजस्ता विकास कार्यक्रम माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको धारणा थियो ।

कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र समाजवादी फोरम बनाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीको आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?