+
+

काठमाडौंको शंखरापुरमा सबस्टेसन निर्माणमा विवाद, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १५:११

१७ पुस, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा सबस्टेसन निर्माणमा विवाद हुँदा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले स्थानीय जयमान वाइबा र राजमान स्याङ्बोलाई पक्राउ गरेको हो ।

शंखरापुर नगरपालिका ३ मा पर्ने बोझनीका बासिन्दाले सबस्टेसनको विरोध गर्दै आएका छन् । १ सय ७० रोपनीमा निर्माण गर्न लागिएको यो सबस्टेसनको उनीहरुले विरोध गरिरहेका छन् ।

४५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको अपर तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको बोझनीमा विद्युत् प्रसारण आयोजनाले सबस्टेसन निर्माणका लागि करिब २ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

यो सबस्टेसनले माथिल्लो तामाकोसीसँगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ । बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको यो सबस्टेसनमा तीनतिरबाट ४०० किलो भोल्ट (के.भी) क्षमताका ‘हाइभोल्टेज’ प्रसारण लाइन विस्तार हुनेछन् ।

आफूहरूलाई आयोजनाले सबै जानकारी नदिई झुक्याएर, धम्क्याएर बस्ती नै उठाउने गरी सबस्टेसन बनाउन लागेको दाबी गर्दै स्थानीयबासिन्दाले दुई वर्षदेखि विरोध गरिरहेकाछन् ।

आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सबस्टेसन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

सबस्टेसन निर्माणका क्रममा यसअघि पनि जर्सिङ पौवामा विवाद भएको थियो । स्थानीयले विरोध गरेपछि सबस्टेसन निर्माण गर्ने भनिएको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?