+
+

लेखनाथ जयन्तीमा कविता वाचन र खोलाघरे साहिँलोको पुस्तक विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १७:५५

काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा आयोजित कार्यक्रममा साहित्यकारहरुले कवि शिरोमणिको प्रतिमामा माल्यार्पण गरेपछि दुई छुट्टैछुट्टै सत्रमा कविता वाचन र पुस्तक विमोचन गरे ।

छन्द सारथी रमेश खकुरेलले स्रग्धरा छन्दमा रचित कविताबाट सुरु भएको कार्यक्रममा कक्षा ३ मा पढ्ने आर्या घिमिरेले र प्रेक्षा लम्सालले कवि शिरोमणिद्वारा रचित कविता ‘पिंजडाको सुँगा’ वाचन गरेका थिए ।

यसैगरी शान्ति सापकोटाले तरुण तपसीको ११ औं विश्रामबाट ५ श्लोक, भुवनहरि सिंग्देलले सत्यसन्देशका ५ पद्य र थप १ पद्य, जगदीश्वर पोखरेलबाट कालमहिमा, विजयराज न्यौपानेबाट ऋतुविचारको हेमन्त वर्णबाट केही श्लोक, प्रभा भट्टराईले ‘मैं खाउँ, मैं लाउँ’लाई आफैंले पुनर्लेखन गरिएको एक श्लोक र लेखनाथको ‘म कस्तो हुँ’ वाचन गरिएको थियो ।

दोस्रो सत्रको कार्यक्रममा खोलाघरे साहिंलोको शास्त्रीय छन्दमा रचित दुई पद्यसंग्रह ‘नेपाल सर्वोपरि’ र ‘पद्यवल्ली’ विमोचन गरिएको थियो । विमोचित दुवै कृतिमाथि पर्शुराम पराशरले विमोचित कृतिको संक्षिप्त टिप्पणी गरे । पुस्तकका लेखक खोलाघरे साहिंलोले आफ्ना कृतिबाट केही श्लोक वाचन गरेका थिए ।

२०७६ सालको स्नातकोत्तर परीक्षामा नेपाली विषयमा स्वर्णपदक पाउने अछामका चक्रबहादुर रावललाई नगद २० हजार र प्रमाणपत्रसहित २०७६ सालको लेखनाथ प्रतिभा पुरस्कार प्रदान गरियो । उक्त पुरस्कार लेखनाथकी छोरी कुन्तीदेवी भट्टराईले गरेकी हुन् ।

मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष रमा शर्माले नेपाली शिक्षा परिषद्लाई जीवन्त राख्न विभिन्न साहित्यिक गतिविधि जारी राख्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?