+
+
Shares

पत्रकार यादवको ‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा पत्रकार सुरेश यादवद्वारा लिखित ‘स्टार वडाध्यक्ष’ पुस्तक मधेशका सभामुख रामअशिष यादवले विमोचन गरेका छन् ।
  • पुस्तकमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका ५१ वडा अध्यक्षको कथा समेटिएको छ ।
  • सभामुख यादवले लोकतन्त्र र संघीयताको सबलीकरणमा वडाध्यक्षको ठूलो योगदान रहेको बताएका छन् ।

७ भदौ, जनकपुरधाम । पत्रकार सुरेश यादवद्वारा लिखित स्टार वडाध्यक्ष पुस्तक विमोचन गरिएको छ ।

विरेन्द्र साह प्रकाशक रहेको स्टार वडाध्यक्ष पुस्तक एक समारोहबीचमधेशका सभामुख रामअशिष यादवले विमोचन गरेका छन् ।

उक्त पुस्तकमा मधेश प्रदेशका पूर्वबाट पाँच जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका ५१ वडा अध्यक्षको कथा समेटिएको छ ।

पुस्तक विमोचन गर्दै सभामुख यादवले लोकतन्त्र र संघीयताको सबलीकरणमा सबभन्दा नजिकका सरकार वडाध्यक्षहरुको ठूलो योगदान रहेको बताए । यसमध्येबाट मधेशका पाँच जिल्लाबाट राम्रो योगदान तथा संघर्षशील उत्कृष्ट वडाध्यको कथाले  अन्य वडाध्यक्षहरुलाई राम्रो कार्य गर्न प्रेरित गर्ने उनको भनाइ छ ।

बिमोचन समारोहमा मधेशका आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खर्गा, नेपाल पत्रकार महासंघ मधेश प्रदेश महासचिव शैलेन्द्र महतो क्रान्ति, महासंघ धनुषा अध्यक्ष पुरन साह लगायतले धारणाा राखेका थिए । पत्रकार मुकेश सिंहले सञ्चालन गरेको विमोचन समारोहमा वडाध्यक्षहरु लगायतको सहभागीता थियो ।

पुस्तकका लेखक पत्रकार यादव दुईदशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?