+
+

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १८:५०

१७ पुस, धनगढी। सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन आएको छ । प्रादेशिक अस्पतालले ६ करोड ८७ लाखमा खरिद गरेर जडान गरेको सिटीस्क्यान मेसिनबाट सेवा दिन थालेको हो ।

आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले औपचारिक कार्यक्रमकाबीच सिटीस्क्यान सेवाको उद्घाटन गरेका हुन् । सेवा शुभारम्भ भएको घोषणा गर्दै मुख्यमन्त्री भट्टले अब नागरिकले प्रादेशिक अस्पतालमै सहज र सर्वसुलभ रुपमा सिटीस्क्यान सेवा पाउने बताए ।

भट्टले आफ्नो पाँच वर्षको कार्यकालमा प्रदेशको स्वास्थ्य सेवा सुदृढिकरणका लागि धेरै कामहरु भएको दाबी समेत गरे ।

उनले सेती प्रादेशिक अस्पतालसहित महाकाली अस्पताल र टीकापुर अस्पताल लगायतका जिल्ला अस्पतालमा समेत उपकरण र जनशक्तिको व्यवस्थापन भएको बताए ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले आर्थिक वर्ष २०७७÷७८ मा सिटी स्क्यान खरिदका लागि प्रदेश सरकारले ९ करोड बजेट विनियोजन गरेको जानकारी दिए । सोही बजेटले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी ६ करोड ८७ लाखमा ठेक्का लगाउदै सिटीस्क्यान मेसिन खरिद गरिएको पाण्डेको भनाइ छ ।

सिटीस्क्यान मेसिन खरिदका लागि विनियोजन गरिएको बाँकी बजेट अस्पतालले एमआरआई मेसिन खरिदमा खर्चिने अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन नभएका कारण नागरिकले निजी अस्पतालमा चर्को शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?