+
+

रंगेलीबाट ३ सय किलो गाँजासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १९:५४

१७ पुस, विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ३०० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउसो साढे ४ बजे रंगेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको हो ।

गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा दिउँसो ४:३० बजेतिर गाँजा फेला परेको हो ।

प्रहरीले गाँजासहित ४२ वर्षीय राजवंशी र धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरेको छ ।

राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?