+
+
Shares

चीनका कार्यवाहक राजदूत भन्छन् : अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते २०:५२
काठमाडौंस्थित चिनियाँ दूतावास

१७ पुस, काठमाडौं । नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले हिमालपारि अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्ने बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चीन नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाली नेता र जनताको अपेक्षा भएको बताए ।

‘दुई देशका नेताबीच भएको सहमतिअनुसार चीनले नेपालको सीमापार रेलमार्ग सम्भाव्यता अध्ययनमा सहयोग पुर्‍याउन नेपाललाई दिएको सहायता प्रयोग गर्न चीन सहमत छ’, उनले भनेका छन्, ‘रेलमार्ग निर्माणको महत्वपूर्ण चरणमा चिनियाँ प्राविधिक विज्ञहरु भर्खरै नेपाल आएका छन् र भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बन्ने नेपालको सपना अन्तत साकार हुनेछ ।’

उनले बेल्ट एण्ड रोड परियोजनामा नेपाल सकारात्मक रहेको चर्चा समेत गरे । २०१७ मा प्रचण्ड प्रधानमन्त्री भएको बेला समझदारीमा हस्ताक्षर भएको र राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने घोषणा भएको स्मरण गरे ।

उनले भनेका छन्, ‘दुई राष्ट्र प्रमुखको निर्देशन अनुसार नेपालमा बेल्ट एण्ड रोडको परिकल्पनालाई वास्तविकतामा परिणत गरी फलदायी नतिजाहरु हासिल गर्न परियोजनाहरु अघि सारिएको छ ।’

चीनका कार्यवाहक राजदूत वाङले जनताको खुसी र लाभ निर्माणका लागि सँगै काम गर्ने समेत बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?