
१८ पुस, काठमाडौं । मनाङ मस्याङ्दी क्लबको प्रशिक्षकमा किरण श्रेष्ठ नियुक्त भएका छन् ।
केही समय अघिसम्म राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रुपमा रहेका श्रेष्ठले आगामी सिजनमा मनाङको प्रशिक्षकको रुपमा काम गर्ने भएका छन् ।
२०६८/६९ मा उनले ए डिभिजन क्लबमा बौद्ध फुटबल क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरि सकेका छन् । श्रेष्ठले २०७२ सालमा राष्ट्रिय लिग हुँदा फारवेष्ट टिमको प्रशिक्षकको रुपमा काम गरे । जावलाखेल युथ क्लबका पूर्व खेलाडी श्रेष्ठ साहारा क्लबको प्रशिक्षकको भूमिकामा पनि मोफसलको प्रतियोगितामा देखिइसकेका छन् ।
स्विडेनका प्रशिक्षक योन कालिनको समयबाट राष्ट्रिय टिमको सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका हुन् । उनले अब्दुल्लाह अलमुताइरीको प्रशिक्षण कार्यकालसम्म राष्ट्रिय टिमको सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4