+
+

स्वरोजगार र समता घरेलु लघुवित्त मर्जरमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते ११:२४

१९ पुस, काठमाडौं । स्वारोजगार लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् ।

१८ पुस सोमबार दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।

१ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी दुई संस्थाबीच मर्जरकेा सम्झौता भएको छ ।

मर्जरपछि बन्ने संस्थाको नाम स्वरोजगार लघुवित्त नै रहनेछ भने सञ्चालक समितिमा अध्यक्षसहित ४ जना स्वरोजगार लघुवित्तबाट र तीन जना समता घरले लघुवित्तबाट रहने सहमति भएको छ ।

प्रमुख कार्यकारी अधिकृत भने समता घरेलु लघुवित्तका डा. मदन घिमिरे हुने सहमति भएको स्रोतले जनाएको छ ।

हाल स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ५१ करोड ४१ लाख र समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३४ करोड २७ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट दुबै संस्थाले आफ्नो क्षमताअनुसार लाभांश बाँडेर जाने सहमति भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?