+
+

अर्घाखाँचीकी ६० वर्षीया राधाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १२:१०

१९ पुस, अर्घाखाँची । शीतगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा-१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् ।

राधाको शव आइतबार बिहान शीतगंगा -१० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सिंहलाई शीतगंगाकै मुन्द्रीबासस्थित जंगलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजनाका साथ सिंहले दूध लिन गएकी राधालाई ढुंगा र हँसिया प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरीले आरोपी सिंहलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप गराई थप अनुसन्धान गरिरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?