+
+
Shares

पोलिटब्यूरो बैठकमा माधव नेपालको आक्रोश : नेतृत्वको बदख्वाइँ गर्न बन्द गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १५:०५

१९ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटी बाहिर नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् ।

‘जे जे लागेको छ, कमिटीमै राखौं’ मंगलबार पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ ।’

उनले अरुको प्रशंसा गर्ने र आफ्नै नेतृत्वको बदख्वाइँ गर्ने काम बन्द गर्न समेत निर्देशन दिएका छन् । उनले भने, ‘हामीले अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने,  पार्टीको बदख्वाइँ बाहिर गर्ने अनि अनि हाम्रै स्वर ठूलो हुने, आफ्नो नेताको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने । यो तरिका बन्द गरौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?