+

हाम्रो टिममा समस्या छैन : लुम्बिनीका कप्तान दिपेन्द्र सिंह ऐरी

२०७९ पुष  १९ गते १९:११ २०७९ पुष १९ गते १९:११
हाम्रो टिममा समस्या छैन : लुम्बिनीका कप्तान दिपेन्द्र सिंह ऐरी

१९ पुस, काठमाडौं । लुम्बिनी अलस्टार्सका कप्तान दिपेन्द्र सिंह ऐरीले आफूहरुको टिममा कुनै पनि किसिमको समस्या नरहेको बताएका छन् ।

पछिल्लो समय निकै विवादित बनेको नेपाल टि-२० लिग मा मंगलबार दुई टिमका खेलाडीले आफूहरुलाई आर्थिक प्रतिबद्धता चाहिने भन्दै खेल खेल्न अस्वीकार गरेपछिको विवादले खेललाई प्रभावित पारेको हो ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा समस्या उदाङ्गो बनेपछि दोस्रो खेलमा जनकपुरविरुद्ध जित निकालेपछि कप्तान दिपेन्द्रले आफूहरुको टिममा भने कुनै पनि किसिमको समस्या नरहेको बताएका हुन् ।

‘हाम्रो टिममा त्यस्तो केही खबर आएको छैन। हामीले त्यस्तो हुन्छ भनेर सोचेकै छैनौं’, कप्तान दिपेन्द्रले खेलपछि पत्रकारसँग कुरा गर्दै भने, ‘टिमको म्यानेजमेन्ट एकदमै राम्रो छ । टिमको मालिक र म्यानेजमेन्टदेखि सबैकुरा हेरेपछि मात्रै हामीमाझ कुराहरु आउँछ । जसका कारण हामीलाई समस्या छैन ।’

टिमको सबै व्यवस्थापक पक्ष राम्रो भएका कारण प्रदर्शन पनि राम्रो भएको दिपेन्द्रले बताए ।

पहिलो खेलमा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पत्रकार सम्मेलनमा आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङ अप्रोच आएको कुरा खुलाए पछि दिपेन्द्रलाई पनि उक्त प्रश्न सोध्दा उनले भने, ‘हाम्रो टिम अन्य टिमभन्दा छुट्टै होटलमा छौं । हामीलाई केही थाहा छैन । अन्य टिममा के भइरहेको छ, त्यसबारे मलाई थाहा छैन ।’

दीपेन्द्र सिंह ऐरी नेपाल टी-२० लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय