+
+

पार्टीका नेतासँग छलफल गरेर तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १३:०९

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिनका लागि पार्टीका नेताहरुसँग छलफल गर्न तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई निर्देशन दिएका छन् ।

गुरुङले बुधबार (आज) बिहान सभापति देउवालाई उनको निवास धुम्बाराहीमा भेटेका थिए ।अन्य समूहका नेताहरुलाई भेटेर तरुण दललाई पूर्णता दिन सभापतिले निर्देशन दिएको गुरुङले अनलाइनलाइखबरलाई बताए । ‘अरु नेताहरुसँग छलफल गरेर तरुण दलको पूर्ण कार्यसमिति बनाउन भन्नुभएको छ,’ गुरुङले भने ।

विधानतः तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा अध्यक्ष बाहेकका पदाधिकारी नहुने उनले बताए ।

पार्टी केन्द्रको निर्णय अनुसार संघको निर्वाचन सकिएको तीन महिनाभित्र भ्रातृ संस्थाले अधिवेशन गर्नुपर्दछ । १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेको कांग्रेसले पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै सभापति देउवाले मनोनित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?