+
+

आईएमई पेबाट आईएमई लाइफ इन्सोरेन्सको बीमा भुक्तानी गर्दा १ हजार रुपैयाँ क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १३:२०

काठमाडौं । आईएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आईएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौता आदानप्रदान कार्यक्रममा आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए ।

प्रयोगकर्ताले भुक्तानी गरेपछि १ रुपैयाँको बोनस तुरुन्तै प्राप्त गर्नुका साथै प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?