+
+

न्यू एयर इभमा कोटेश्वरमा दुई जनालाई छुरा हानेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १८:०५

२० पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ को इभमा एक जना युवकलाई चक्कु प्रहार गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरका १९ वर्षीय निश्चल राई, सिन्धुलीका अनिष मगर, कैलालीका १८ वर्षीय अनिष मगर, मनोज कुँवर, रौतहटका धिरेन्द्र यादव र ओखलढुंगाका अनिष खत्री छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुमध्ये एक जनालाई काठमाडौं र चार जनालाई रौतहटबाट पक्राउ गरेर ल्याइएको हो ।

उनीहरुले १६ पुसमा बेलुकी सवा ७ बजे काटेश्वर महादेवस्थानस्थित बागमती करिडोर सडकमा २३ र १८ वर्षका दुई युवकलाई छुरी प्रहार गरेका थिए । पीडितलाई प्रहरी वृत्त, बानेश्वरले कान्तिपुर अस्पताल पुर्‍याएको थियो ।

प्रहरीले पक्राउ परेकाविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद लिएको छ । हालसम्म छुरा प्रहार गर्नुको कारण खुलेको छैन ।

तर, एसपी मैनालीका अनुसार मादक पदार्थ सेवन गरेर सामान्य विवादमा झगडा भएको हुनसक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?