+
+

बालुवाटार बैठकपछि गृहमन्त्री लमिछानेले भने : मन्त्रालय फुटाउने योजना छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १८:५१

२० पुस, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको छ ।

बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने, ‘पर्सिसम्म सार्वजनिक हुनसक्छ ।’

उनका अनुसार यो अनौपचारिक बैठक हो, जसमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे समेत छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले भने, ‘मन्त्रालय फुटाउने छलफल भएको छैन, योजना पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?