+
+

बबरमहलमा पठाओ मोटरसाइकल दुर्घटना, कलाकार सन्ध्या खड्का घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते ११:४०
दुर्घटनामा घाइते भएर अस्पताल भर्ना भएकी कलाकार सन्ध्या खड्का

काठमाडौं । फिल्म तथा टेलिभिजन कलाकार सन्ध्या खड्का सडक दुर्घटनामा घाइते भएकी छन् । उनी सवार पठाओको मोटरसाइकल काठमाडौंको बबरमहलमा कारसँग ठोक्किएको थियो ।

दुर्घटनामा परी खड्काको शरीर र टाउकोमा चोट लागेको छ । अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । उनलाई भेटेर फर्किएका कलाकार उत्तम केसीले खड्काको टाउकोमा ३० वटा टाँका लगाइएको र अहिले बोल्न सक्ने स्थितिमा रहेको जानकारी दिए ।

‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । बोल्न सक्ने भएकी छन् । पठाओ चालकले पनि उपचारमा सहयोग गरिरहेका रहेछन्,’ केसीले अनलाइनखबरसँग भने, ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ ।’

उपचार गराइरहेकी कलाकार खड्काले पनि टेलिफोनमार्फत कुरा गर्दै स्वास्थ्यमा केही सुधार भएको बताइन् । खड्काले फिल्म सोच, रुमालै छ चिनो, नदेखिएको जातमा अभिनय गरेकी छन् । टेलिफिल्म उल्टो सुल्टो, नारी, सन्ध्या, ठिक्कै छ, परिवार, टुहुरी, बुहारीमा अभिनय गरेकी छन् । यसबाहेक म्युजिक भिडियोमा समेत उनले अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?