+
+

फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर : सारा, कबीर र प्रीतमको त्रिकोणात्मक प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १६:४४

काठमाडौं । पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर रिलिज भएको छ । सारा श्रीपाली र प्रीतमराज सेन्चुरीको प्रमुख अभिनय रहेको फिल्मले त्रिकोणात्मक प्रेम सम्बन्धमा आउने उतारचढावको कथा पेस गर्छ ।

घरेलु फिल्मको एक्सन कोरियोग्राफीमा स्थापित अष्ट महर्जनले यही प्रोजेक्टबाट डेब्यु निर्देशन गरेका हुन् ।

फिल्ममा कबीर खड्का, सरोज खनाल, हिउँवाला गौतम, निरुता स्याङ्तान लगायतको अभिनय छ । काठमाडौंमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गर्दै निर्देशक महर्जनले आफ्नो विधा एक्सन भए पनि लभस्टोरी फिल्म निर्देशन गर्ने पहिल्यैदेखिको इच्छा रहेको बताए ।

‘विधा नै अलग भएपछि सुरुमा गुञ्जन बनाउन गाह्रो भएको थियो । पछि सहज हुँदै गयो,’ पत्रकार सम्मेलनमा उनले भने ।

पोखरा, जोमसोम, काठमाडौं र यूएईको दुबईमा छायांकन गरिएको फिल्ममा राजेश श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन छ । कल्याण सिंह र अर्जुन पोखरेलले संयुक्त रुपमा संगीत दिएका छन् । निर्माता हीराकृष्ण शाहीले नयाँपुस्ताका दर्शकले फिल्मलाई मन पराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?