+
+

जनकपुर र विराटनगरबाट पनि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १७:३९

२१ पुस, काठमाडौं । जनकपुर र विराटनगरबाट पनि वैदेशिक रोजगारीमा जानेहरुलाई व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालिएको छ । यसअघि यी स्थानबाट श्रम स्वीकृतिको नवीकरण मात्रै हुँदै आएको थियो ।

नागरिकलाई प्रविधिमैत्री सेवा दिने भन्दै वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिन थालेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मनत्रालयले जनाएको छ ।

श्रम स्वीकृतिका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने विगतको व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै किसिमका श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेपछि सेवामा आएको सुधारकै निरन्तरता स्वरुप विराटनगर र जनकपुरबाट पनि सेवा विस्तार गरेको मन्त्रालयको भनाइ छ ।

‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि समयमा नै आवेदन नगर्ने, श्रम स्वीकृतिका लागि आवेदन गर्नुअघि नै टिकट खरिद गर्ने कम्प्युटर प्रणालीबाट निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली विपरीत अन्तिम समयमा मात्र पेश गर्ने प्रवृत्ति देखिनु प्रणाली सुधारको दृष्टिकोणले उपयुक्त नभएकोले संमयमै आवेदन गर्न समेत सरोकारवाला सबैमा अनुरोध गरिन्छ’ मन्त्रालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?