+
+

लक्ष्मी र सनराइज बैंक मर्जरका लागि छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १६:०१

२१ पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिन (मर्जर)का लागि छलफल थालेका छन् । नेपाल राष्ट्र बैंकले नै मुख्य लगानीकर्ताहरु बोलाएर लक्ष्मी बैंक र सनराइज बैंकबीच छलफल गरेपछि दुई बैंकले मर्जरबारे थप छलफल अगाडि बढाएका हुन् ।

नेपाल राष्ट्र बैंकले यसअघि सनराइज बैंकको सञ्चालक समितिका पदाधिकारीलाई बोलाएर पटक-पटक मर्जरमा जान भन्दै आएको थियो । सञ्चालक समितिको विवाद पटक-पटक राष्ट्र बैंकमा पुगेपछि राष्ट्र बैंकले मर्जरको लागि दवाब बढाउँदै आएको भएपनि सनराइज बैंक लागि तयार भएको थिएन ।

तर, पछिल्लो पटक लक्ष्मी बैंकसँग मर्जरको लागि भने सनराइज बैंक पनि सकारात्मक देखिएको छ । प्राथमिक पूँजीकोषको दवाबमा रहेको लक्ष्मी बैंक पनि मर्जर गर्न तयार देखिएको स्रोतले जनाएको छ ।
लक्ष्मी बैंकले मर्जरपछिको संस्थाको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र नाम आफ्नो हुनपर्ने दाबी गरेको छ ।

सनराइज बैंकले  पनि सम्मानजनक मर्जरको लागि तयार रहेको सन्देश दिएको स्रोतले बताएको छ । दुबै बैंकले प्रारम्भिक तथ्याङ्कहरु एक अर्कालाई दिएर विज्ञहरुबाट मूल्यांकन सुरू गरेका छन् । दुबै बैंकले आगामी सञ्चालक समितिको बैठकमा मर्जरका प्रस्ताव लैजाने तयारी छ ।

सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कर्मचारी समायोजन जस्ता विषयमा भने छलफल प्रवेश नभएको जनाइएको छ । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट दुबै बैंकले सेयरधनीलाई लाभांश वितरण नगरी साधारणसभा आह्वान गरेका छन् । हाल सनराईज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड ८९ लाख र लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ छ ।

सनराइज बैंकको मुख्य लगानीकर्ता एमभी दुगड समूह हो भने लक्ष्मी बैंकको मुख्य लगानीकर्ता राजन्द्र खेतान हुन् । दुबै समूहको मूख्य लगानी रहेको प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्ससहित युनियन लाइफ इन्स्योरेन्सले मर्जरको सम्झौता गरी प्रक्रिया अगाडि बढाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?